प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी प्रधान कार्यालय

कार्य विभाग

कार्य शाखा

परिचय:

नेपाल प्रहरीको स्थापना कालसँगै क्रमश: प्रहरीको संरचनागत विकास हुँदै गएको देखिन्छ । यसै क्रममा मिति २०४५।०२।२६ गते नेपाल प्रहरी प्रधान कार्यालय,कार्य विभाग अन्तर्गत नेपाल भरि छरिएर रहेका प्रहरी जनशक्तिको दैनिक परिचालन, प्रहरीको नियमित क्रियाकलाप, विषम परिस्थिति तथा विपद्जन्य अवस्थामा एक क्षेत्रबाट अर्को क्षेत्रमा तत्काल प्रहरी परिचालन गरी उद्वार तथा असामान्य स्थिती नियन्त्रण गर्न जरुरी रहेको महसुस भई  तात्कालिन  अवस्थामा कार्य महाशाखा  (तात्कालिन दरबन्दी प्र.ब.उ.-१) र कार्य शाखा (हाल दरबन्दी प्र.ना.उ.-१, प्र.ना.नि.-१, प्र.स.नि.-१, प्र.ह.-१ र प्र.ज.-१ गरी जम्मा ०५ जना)को स्थापना भएको र हाल कार्य शाखाको  संरचनाबाट नियमित कामकाज सम्पादन हुँदै आईरहेको छ । यस शाखाले तालुक कार्यालयबाट प्राप्त हुन आएका पत्रहरुको कार्यान्वयन गर्नुका साथै आवश्यकता अनुसार जनशक्ति परिचालन गरी कानून कार्यान्वयनमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आईरहेको छ । बिशेषत: यस शाखाले शान्ति सुरक्षा व्यवस्थापनका लागि बिभिन्न कार्ययोजना निर्माण, राष्ट्रिय तथा अन्तराष्ट्रिय सभा सम्मेलन तथा कार्यक्रमहरुको सुरक्षा योजना निर्माण, विशेष प्रकारका अपरेशनल काम, आन्दोलन, बिरोधका कार्यक्रम, मेला, पर्व, निर्वाचन सुरक्षा योजना निर्माण तथा अन्य कानून बमोजिमका महत्वपुर्ण कार्य सम्पादन र कानूनको बर्खिलाप हुने सबै कार्यहरुमा प्रत्यक्ष निगरानी तथा शान्ति सुरक्षा/अमनचयन कायम गर्न उल्लेखनिय भुमिका निर्वाह गरिरहेको छ ।

उद्देश्य:

  • बढ्दो आपराधिक/गैरकानूनी गतिविधि, सार्वजनिक सम्पतिमा हानी नोक्सानी, विष्फोटन गराई जनधनको नोक्सानी, अवैध चोरी निकासी पैठारी, जनसमुदायमा आतंक सृजना गर्ने जस्ता गतिविधीहरु रोक्ने,
  • प्रहरी जनशक्तिको प्रभावकारी परिचालन गर्ने, निर्वाचन लगायत अन्य विषम् परिस्थितीहरुमा प्रहरी परिचालनको अवस्था विश्लेषण गरी थप मद्दत परीचालन गरी देशको आन्तरिक सुरक्षा व्यवस्था सुदृढ गर्न र प्रभावकारी बनाउन अल्पकालीन तथा दीर्घकालीन योजनाहरु तर्जुमा गरी कार्यान्वयन गर्ने/गराउने ।